८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सगुनको ‘मोबाइल एप’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता


13
Shares

नयाँदिल्लीको पाँचतारे ‘द ललित होटल’मा आयोजित भब्य समारोहबीच सोसियल इकमर्स साइट सगुनले आफ्नो ‘एन्ड्रोइड मोबाइल एप’ सार्वजनिक गरेको हो ।

एप सार्वजनिक कार्यक्रममा बलिउड अभिनेतृ श्रद्धा कपुर प्रमुख अतिथि रहेकी छिन् । अर्की चर्चित अभिनेतृ तथा टीभी पर्सनालिटी मंदिरा बेदीले उक्त कार्यक्रमको सन्चालन गर्दैछिन् । कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहको छ ।

सगुनको एप सार्वजनिक कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौलालगायत बेलायत, अष्टेलिया, कोरिया, अमेरिकाका शेयरधनीहरु दिल्ली आएका छन् । सगुनका सहसंस्थापक सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ‘ग्लोबल लन्चिङ’मा गर्ने जस्तै भब्य समारोहको तयारी गरिएको बताए । ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप सार्वजनिकको तयारी गरेका छौं,’ उनले भने ।

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्टफोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप प्ले स्टोरमार्फत सार्वजनिक गरेको हो ।

एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यस एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ । सगुनको मोवाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने सगुनका संस्थापक गोविन्द गिरीको दावी छ । एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ ।

कुराकानीका क्रममा नजिकका मानिससँग धेरै गोप्य कुराहरु सेयर गरिन्छ । जब सम्बन्धमा अनबन हुन्छ, त्यही कुराकानीलाई स्क्रिन सट बनाएर सामाजिक संजालमा छरपस्ट पार्नेहरु धेरै छन् । यस्ता अविश्वासीहरुलाई प्रमाण संकलन गर्न सगुनले अब दिने छैन । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी, आफ्नो समूह व्यवस्थित गरेर सन्देश, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।

यसको अर्को विशेषता आफ्नो दैनिकीलाई तालीकामा राखेर साथीभाईलगायतलाई शेयर गर्न सकिन्छ । त्यस्तै, यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

भिडियो हेर्नुस्