
खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिए पनि यातायातको सहज पहुँच नहुँदा झरना ओझेलमा परेको हो ।
सम्बन्धित निकायको वेवास्ताका कारण बझाङको थलारा गाँउपालिकामा रहेको छडीभेल झरना ओझेलमा परेको हो ।
गाउँ नजिकै रहेको यो झरना पुग्न सदरमुकाम चैनपुरबाट सबारीसाधनमा मात्र २ घण्टा लाग्छ भने पैदल पाँच घण्टा लाग्दछ । झरना नजिकै ठुल ठुला भीर रहेका कारण यहाँ प्रसस्तै भीरमौरी समेत देख्न सकिन्छ ।
चारैतिर जंगल भएका कारण विभिन्न जंगली जनावर समेत यहाँ देख्न सकिने स्थानीय बताउँछन् । पौराणिक कथन अनुसार यो झरनाको मुनी निकै ठुलो तलाउ समेत रहेको थियो ।
जसको निसानी अहिले पनि देख्न सकिन्छ । गाँउकोबीचमा भएर बग्ने यो झरनाको पानी स्थानीय बासिन्दले पिउन र सिंचाईका लागी प्रयोग गर्दै आएका छन् ।
बनभोज जान परे यस भेगका बासिन्दा यही ठाँउ जाने गर्दछन् । समुन्द्री सतहबाट झण्डै २५ सय मिटरको उचाइमा रहेको यो झरनाको लम्बाई तीन सय मिटरभन्दा बढी छ ।
यो झरनाको फेदीमा हिउँदको महिनामा मात्र जान सकिन्छ । बर्खामा पानीको सतह समेत बढी हुने र झरनाबाट निस्किएको पानी खोलाको धेरै ठाँउ पर्ने भएका कारण जान सकिंदैन ।
झरना भन्दा झण्डै २ सय मिटर पर शिव मन्दिरको स्थापना गरिएको छ । झरनाको प्रचार प्रसार गर्न नसक्दा ओझेलमा परेको र अब गाँउपालिकाले यसको प्रचार प्रसार गर्नुपर्ने स्थानीय बताउँछन् ।
यहाँका स्थानीय ब्रतबन्ध र विवाह गर्नुपरे झरनामा नै जाने गर्दछन् । यहाँ रहेको शिव मन्दिरमा पुजा गरे मनोकांक्षा पुरा हुने विश्वास स्थानीयको छ ।
गाँउपालिकाले यसको प्रचार प्रसार गर्नका लागि विषेश पहल गरिसकेको गाँउपालिकाका पदाधिकारीहरुले बताएका छन् ।
अबको केही सयय पछि यो झरनासम्म सवारीका साधन पुर्याउन पहल गरिने र यस झरनाको संरक्षणका लागी बिभिन्न योजना नै बनाएर अघि बढ्न लागेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्