Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने


0
Shares

बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धता उसले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखिक सहमति गरेको जानकारी दिए ।

केही वायुसेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो सयमदेखि तिरेका छैनन् । सबैभन्दा बढी बक्यौता रहेको एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता छ ।

‘एयर एसियाले सोमबार १० करोड बुझाएको अवस्थामामात्र अन्य रकम मासिक रुपमा लिने हो,’ उनले भने, ‘मौखिक प्रतिबद्धताअनुसार रकम नतिरे सोमबार काठमाडौंमा जहाज ल्यान्ड भएपछि उड्न पाउने छैन ।’ –अन्नपूर्ण पोस्टबाट

Skip This