
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको खटौती खोलास्थित त्रिशुली नदीमा मृत अवस्थामा उनलाई फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
त्रिशुली नदीमा मानिसको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नदीबाट निकालेपछि शवको पहिचान गर्दा हराइरहेका राधाकृष्णको नै हो भनेर पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
१० दिनदेखि परिवार र मालपोत कार्यालयको सम्पर्कमा नरहेका उनको खोजीका लागि श्रीमतीले जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएकी थिइन् । प्रहरीले विभिन्न ठाउँमा सिभिल प्रहरी खटाई खोजी कार्य गरेको थियो ।
अख्तियारले मालपोत कार्यालयको फाइल अनुसन्धान गरेपछि उनी कात्तिक ३० गते निलम्वनमा परेका थिए । सुनसरी घर भएका उनी विगत लामो समयदेखि जिल्ला मालपोत कार्यालय धादिङमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्