
शनिबार जनकपुरको रामानन्द चौकबाट बेवारिसे अवस्थामा अधबैशे महिलाको शव फेला बरामद भएको थियो । सिन्धुली जिल्ला निवासी २५ वर्षीय गणेश कुमार खड्काले मादक पदार्थ सेवन गरेर सामान्य गाली गलौजको क्रममा रिसमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै हत्या आरोपमा पक्राउ परेका खड्कालाई सार्वजनिक गरेको छ । रामानन्द चोकमा रोकि राखेको ना५ख ६४७ नम्बरको बसभित्र गेटको चुकुल लगाएर पहिलादेखि नै गणेश बसेका थिए । सोही क्रममा रामानन्द चौकमा डेरा गरी तरकारीको व्यसाय गर्दै आएकी महोत्तरी जिल्ला लोहारपट्टी नगरपालिका खुट्टा पिपराढी निवासी रतिया देवी यादव पनि बसभित्र जान खोजेकी थिइन् ।
बसभित्र बस्न दुवैजना बीच सामान्य झै झगडाको क्रममा रतियाले गाली गलौज गर्न थालेपछि मादक पदार्थको नसामा मातिएका खड्काले घाँटी थिचेर धकेल्दा उनको मृत्यु हुन गएको जिप्रका धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
घटनाबाट जोगिन खड्काले आफु बसेको बसको पछाडि रोकि राखिएको अर्को ना४ख ७८७४ नम्बरको बसको पछाडि पट्टीको डिक्की मुनि शव राखेर फरार भएका थिए । रतियाको शव बरामद भएको बेला प्रहरीले बेवारिसे बताएको थियो । मृतक रतिया महोत्तरी जिल्ला लोहारपट्टी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जमुना यादवको श्रीमती हुन् ।
प्रतिक्रिया दिनुहोस्