२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


विशिष्टलाई लाखौं खर्च, विपन्नलाई रोगसँगै ऋणको भारी


0
Shares

अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ उपचार खर्च जुटाउनु ‘फलामको चिउरा चपाए’ जस्तै हो । ‘के गर्नु, उपचार नगरौं छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौं जायजेथाले धान्न नसक्ने ऋण थाप्लोमा परिसक्यो,’ रोमनाथले भने, ‘डाक्टरले छोरालाई निको हुन्छ भनेकाले मुटु मिचेर उपचारमा खर्च गर्नु परेको छ, आफन्त र छिमेकीले पैसा उठाएर पठाइदिएका छन् ।’

सरकारले डाइलासिसको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि वडादेखि काठमाडौंसम्मका अस्पतालमा कागजात मिलाउने झन्झटिलो प्रक्रियाका कारण उनले यो सुविधा लिन सकेका छैनन् ।

सरकारले विशिष्ट व्यक्तिहरुको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दुरदराजका विपन्न बिरामीको मत भत्भती पोल्छ । टाउकोमा ऋणको भारी बोकेर रोगसँग संघर्ष गरिरहेका विकटका विपन्न सरकारले विशिष्ट व्यक्तिहरुको उपचार र सेवा सुविधामा रकम छुट्याएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन् । –नागरिक दैनिकबाट