२२ असार २०८२, आइतबार | Mon Jul 7 2025


प्रदेश राजधानी माग्दै कपिलवस्तुमा आन्दोलन थालियो


0
Shares

प्रदेशको अस्थायी राजधानी कपिलवस्तुमा तोक्न माग गर्दै आन्दोलन थालिएको हो ।

बिहीबार सदरमुकाम तौलिहवामा दुई घन्टा चक्काजाम गरिएको छ । बिहान ११ देखि अपराह्न १ बजेसम्म तौलिहवाको प्रशासनचोक, आन्दोलनचोक र गौडीचोकमा चक्काचाम गरिएको हो ।

खुला संग्रहालय, गौतमबुद्धसँग सम्बन्धित १०० भन्दा बढी स्थल भएकाले कपिलवस्तुमा प्रदेश–५ को राजधानी बनाउनुपर्ने एमाले स्थानीय नेता रउफ अहमद खाँले बताए ।

माओवादी केन्द्रका स्थानीय नेता दीपक पाण्डेले कपिलवस्तुमा प्रादेशिक राजधानी नतोकिए निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।

आगामी शनिबार जिल्लाभरका स्थानीय तहकेन्द्रित आन्दोलन गरिने बताइएको छ । माग पूरा नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी संघर्ष समितिले दिएको छ ।