२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रदेश राजधानीको माग गर्दै धनकुटामा आमहड्ताल, जनजीवन प्रभावित


0
Shares

प्रदेश नं. १ को राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटामा सुरु गरेकोे आमहड्ताल आज दोस्रो दिन पनि जारी छ ।

आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । धनकुटाका बजार तथा कलकारखाना ठप्प छन् ।

कोशी राजमागमा सवारी साधन गुड्न सकेका छैनन् ।

धनकुटाको आमहड्तालका कारण सवारी साधन ठप्प हुँदा तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ ।

हिले, कागते, सल्लेरी, जिरोप्वाइन्ट, मूलघाटलगायतका स्थानमा बन्दकर्ताले टायर वालेर प्रदर्शन गरिरहेका छन् ।