
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलाको ५५ हजार ९०० रुपैयाँमा स्थीर रहेको थियो ।
चाँदीको मूल्य भने बुधबार तोलाको ७५० रुपैयाँमै स्थीर रहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्