 
	    राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको हो ।
दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । बसमा ५० यात्रु सवार रहेकाले मृतकको संख्या अझै केही बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
प्यासिफिक समुद्री किनाराको यो सडकलाई पेरुमा डेभिल्स बेन्ड अर्थात सैतानी घुम्तीको नामले चिनिन्छ ।
पेरुकै खतारापूर्ण सडकमध्ये पर्ने यो सडकखण्डमा यसअघि पनि ठूला दुर्घटना भइसकेका छन् ।
पेरुमा सडक दुर्घटनाको कारण गत वर्ष मात्रै ३ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्