
फाइल तस्विर
बजार परिसूचक नेप्से ४४ अंकले उकालो लागेर १४ सय ३४ पुग्यो । कारोबार भने न्यून रह्यो ।
अन्यबाहेक अरु कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च २ सय ७० अंकको वृद्धि आयो । होटल समूह पनि १ सय ११ अंकले उकालो लाग्यो । लघुवित्त समूह ६९ अंकले, जलविद्युत् समूह ५९ अंकले र वाणिज्य बैंक समूह पनि ४२ अंकले उकालो लाग्यो ।
यस्तै, विकास बैंक समूहमा ४५ अंक र उत्पादनमूलक समूहमा पनि २५ अंकको सुधार आयो । वित्त समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीका ११ लाख ४१ हजार कित्ता सेयर ५० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्