
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालकाअनुसार बैठक मंगलबार अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्नेछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीकाबारेमा छलफल हुनेछ ।
पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्णरुपमा लिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्