
समाजको दोश्रो अधिवेशनले प्रशिद्ध गायक तथा संगीतकार अमरराज शर्माको नेतृत्वमा नयाँ कार्यसमितिमा कलाकार संजय शर्मा राजोपाध्यायलाई र संचारकर्मी बिराजकाजी राजोपाध्यायलाई महासचिव चयन गरेको हो ।
१३ जनाको नयाँ कार्यसमितिमा सचिवमा रचना शर्मा राजोपाध्याय, कोषाध्यक्षमा जयन्ती शर्मा राजोपाध्याय र सह कोषाध्यक्षमा उद्धव आचार्य राजोपाध्यायलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यमा नगेन्द्र राजोपाध्याय, विनोद ज्वालानन्द राजोपाध्याय, चेतना शर्मा राजोपाध्याय, वन्दना राजोपाध्याय, विजय शर्मा राजोपाध्याय, पिपुल सुवेदी राजोपाध्याय र विरु सुवेदी राजोपाध्यायलाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा ज्येष्ठ नागरीक ९८ वर्षीय चुन्द्रचरण राजोपाध्याय (पान बाजे)को साथै संस्कार र संस्कृति विज्ञ पण्डित रत्नराज राजोपाध्यार्य सम्मानित भएका छन् ।
ललितपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जनले सम्मानित ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । त्यसैगरी, वि.श.२०७३ सालमा एसइइ परीक्षामा सर्वाधिक अंक प्राप्त गर्ने छात्र सिवेश शर्मा राजोपाध्याय र छात्रा सुभिया राजोपाध्यायलाई भने नगद पुरस्कार प्रदान गरिएको थियो ।
मन्तव्यको क्रममा प्रतिनिधिसभा सदस्य महर्जनंले स्थानीय भाषा, संस्कृतिको उत्थानको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सांस्कृतिक पहिचानको जगेर्ना गर्दै राजनैतीक अधिकार प्राप्तिको लागी पनि अग्रसर हुन महर्जनको सुझाव दिए ।
कार्यक्रममा ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, पर्व समय सुधार राष्ट्रिय समाज नेपालका अध्यक्ष महेश्वर जुजु राजोपाध्यायले राजोपाध्याय समुदायलाई सांस्कृतिक, सांस्कारीक क्षेत्रको साथै अन्य क्षेत्रमा समेत सबल बनाउँदै लानको लागी समाजले भूमिका निर्वाह गर्नुपर्ने भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्