
छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ ।
उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ ।
करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाशले कार्यक्रममा कविता वाचन गर्ने छन् ।
त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माले उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्ने छिन् ।
कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।
प्रतिक्रिया दिनुहोस्