
प्राधिकरणको आइतबार भएको १९औं वार्षिकोत्सवमा नेपालले हवाई सुरक्षामा प्रगति गरेको भन्दै छिट्टै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरेको हो । कालोसूचीबाट हट्न एवं हवाई सुरक्षालाई प्राथमिकतामा राखेर काम भईरहेको प्राधिकरणले जनाएको छ ।
हवाई सुरक्षा समितिमा जानका लागि प्राधिकरणले प्रमाण सङ्कलन गरिरहेको महानिर्देशक सन्जिव गौतमले बताए । हवाई सुरक्षामा नेपालको प्रगति उच्च रहेको उनको दाबी थियो ।
सन् २०१७ को जुलाइमा आईकाओको अडिट रिपोर्टमा प्रगति देखिएको प्राधिकरणले जनाएको छ ।
उक्त रिपोर्ट अनुसार ग्लोबल सेफ्टी ६० प्रतिशत हुनुपर्नेमा नेपालको ६६ दशमलब शून्य ८ प्रतिशत रहेको महानिर्देशक गौतमले बताए । हवाई सुरक्षा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएपछि नेपाल यूरोपियन उड्डयन सुरक्षा संस्थाको कालोसूचीबाट पूर्ण रुपमा हट्ने विश्वास प्राधिकरणको छ ।
प्रतिक्रिया दिनुहोस्