२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


अब बीपीको मेलमिलाप नीति अनुसार नै कांग्रेस मिलेर जानुपर्छ : प्रधानमन्त्री देउवा


0
Shares

मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाल विद्यार्थी संघले राजधानीमा गरेको कार्यक्रममा उनले अहिले आएर हारको दोष आपूmलाई मात्रै दिन खोजेको गुनासो गरे ।

ईतिहासमा हार जित भईरहेको भन्दै उनले अब बीपीको मेलमिलाप नीतिअनुसार नै कांग्रेस मिलेर जानुपर्ने बताए ।

त्यसअघि कार्यक्रममा सहभागी नेताहरुले प्रधानमन्त्री देउवाकै कारण आपूmहरुले हार ब्यहोर्नु परेको भन्दै आक्रोशित बनेका थिए ।

यस्तै नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले गरेको कार्यक्रममा कांगेसका पूर्व महामन्त्री प्रकाशमान सिहले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए राष्ट्रियता खत्तरामा पर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन नेविसंघको ठूलो भूमिका हुने बताए ।

राष्ट्रिय सभा गठन भएलगत्तै कांग्रेस सरकारबाट बाहिरिने उनको भनाइ थियो ।