
म्याग्दीको बेनी नगरपालिका–२ खवराका एक किसानले मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिंचाई आयोजना सञ्चालनमा ल्याएका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–२ खवरामा मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको हो ।
म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाईलाई एन्ड्रोइड मोबाईलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदी पारीबाट सिंचाईको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २ सय ५० मिटरमाथी बेनी नगरपालिका–२ खवरामा ६३ एमएलको पाइप मार्फत पानी पुर्याएका हुन् ।
मोबाईलबाट सिंचाईको इनारमा प्रयोग गरिएको मेसिनको मेन स्वीच अन गरेको पाँच सेकेन्डमै २ सय ५० मिटरको दुरीमा रहेको लब्ली हिलमा पानी खस्ने गर्दछ ।
मोवाईल एप्सको माध्यमबाट सिंचाई आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताउँछन् ।
कृष्णवहादुर खत्री खत्री इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालकसमेत हुन । आयोजना निर्माण भएपछि बेनी नगरपालिका-२ खवराका २ सय वढी कृषकहरु लाभान्वित हुने लिफ्ट सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।
इलेक्ट्रोनिक्स र प्रविधिको प्रयोगमा बढी रुची राख्ने खत्रीले एप्सको प्रयोगबाट सिंचाईलाई कन्ट्रोल गर्नेहरुको संख्या निकै कम रहेको बताए ।
जिल्ला कृषि विकास कार्यालय म्याग्दीको १० लाख रुपैंयाँ अनुदान र स्थानीयको ५ लाख गरी १५ लाखको लगानीमा सो आयोजना निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्