८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चीनमा १३ हजार अवैध वेबसाइट, १ करोड इन्टरनेट एकाउन्ट बन्द


0
Shares

चिनिया संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको जानकारी दिएका हुन् ।

यो अवधिमा अरु २ हजार २०० वेबसाइटका सन्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए ।

इन्टरनेट सेवाको आचारसंहिता उल्लंघन गरेको भन्दै झन्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेबसाइटले आतंकवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

‘यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,’ वाङले भने । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ ।

सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ । (रासस/सिन्ह्वा)