८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


टेलिकमको ‘विन्टर अफर’, ‘डाटा’ खरिदमा विशेष ‘बोनस’


0
Shares

कम्पनीले शुक्रबार (भोलि)देखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा ‘डाटा स्ट्रिमिङ प्याक’समेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

‘डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्स’मार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ ।

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ‘विन्टर अल टाइम डाटा प्याक’ प्रयोग गर्न सकिन्छ । जसअन्तर्गत रु १२ मा तीन दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २५ एमबी ‘डाटा स्ट्रिमिङ प्याक बोनस’का रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी, रु ६० मा १४ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउनेगरी १५० एमबी ‘डाटा स्ट्रिमिङ प्याक’ बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

रु १२० मा २८ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र पाँच दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी ‘स्ट्रिमिङ प्याक बोनस’का रुपमा उपलब्ध गराइएको छ ।

यस्त,ै जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ‘नाइट डाटा प्याक’ प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ । बोनसका रुपमा उपलब्ध गराइएको ‘डाटा स्ट्रिमिङ प्याक’ पनि यही समयमै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

‘विन्टर नाइट डाटा प्याक’अन्तर्गत रु १२ मा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी ‘डाटा स्ट्रिमिङ प्याक बोनस’का रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी, रु ६० मा सात दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी ‘डाटा स्ट्रिमिङ प्याक’ बोनसका रुपमा उपलब्ध गराइएको छ । रु १२० मा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र सात दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी ‘डाटा स्ट्रिमिङ प्याक’ बोनसका रुपमा उपलब्ध गराइएको छ । रासस