
बिहीबार सिविन नेपालले ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले इन्टरनेटलगायत अरु गलत वेबसाइटको प्रयोग गर्नेमा बालबालिकाको संख्या बढेको जनाएका छन् । गलत वेबसाइटको प्रयोगबाट बालबालिका कुलतमा फसेको उनीहरुको निश्कर्ष छ ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले गलत साइटको प्रयोगबाट बालबालिकालाई बचाउने विषयमा बालबालिकाका क्षेत्रमा कार्यरत् संस्थाहरु गम्भीर हुनुपर्ने सुझाव दिइन् ।
त्यस्ता वेबसाइटको प्रयोगबाट बालबालिका यौनजन्य हिंसा, घरेलु हिंसा र डिप्रेसनजस्ता समस्याबाट ग्रसित हुने गरेका जनाइएको छ । यसबाट अधिकांश स्कुल जाने उमेरका बालबालिका बढी प्रभावित छन् ।
प्रतिक्रिया दिनुहोस्