
प्रतिनिधि सभामा टेक बहादुर बस्नेत र प्रदेश सभामा गुलाब जंग शाह र प्रकाश ज्वाला बिजयी भएका हुन् ।
एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा नेकपा ९माओवादी केन्द्र० का सचिवालय सदस्य टेक बहादुर बस्नेत ११ हजार १ सय ३० मतान्तरले बिजयी भएका छन् ।
बस्नेतले ४० हजार ८ सय ९८ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् ।
बस्नेत यस अघि लगातार २ चोटि निर्वाचित भइसकेका छन् । उनि २०६४ र २०७० सालमा सल्यान क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य गुलाव जंग शाह प्रदेश सभामा सल्यान क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीलाई ९ हजार ४६ मतान्तरले पराजित गर्दै शाह विजयी भएका हुन् ।
शाहले १९ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् भने डिसीको मत १० हजार ६ सय १२ मत रहेको छ । शाह पहिलो चोटि संसद बन्दै छन् ।
त्यसैगरी नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रकास ज्वाला प्रदेश सभामा सल्यान क्षेत्र नम्बर दुई बाट ८ हजार २ सय ६ मतान्तरले निर्वाचित भएका छन् ।
ज्वालाले १९ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता डिल्ली रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गरेका छन् ।
ज्वाला यस अघि सल्यानबाट दुईचोटि निर्वाचित भईसकेका छन् ।
२०५६ सालमा सल्यान क्षेत्र नम्वर १ र २०७० सालमा सल्यान क्षेत्र नम्वर २ बाट निर्वाचित भएका ज्वाला २०६४ सालको चुनावमा भने सल्यान क्षेत्र नम्वर १ बाट पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्