२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


छाडा चौपायाको बिगबिगी बढेपछि संरक्षणका लागि आवाज (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/नवीन स्थापित/दिलिप पोखरेल (इमेज)

काठमाडौं, असार १५ । सुविधा–सम्पन्न र व्यवस्थित हुनुपर्ने काठमाडौं महानगरपालिकामा छाडा चौपायाको बिगबिगी बढेपछि एनिमल नेपालले त्यस्ता चौपायाहरुको संरक्षणका लागि आवाज उठाउँदै आएको छ ।

छाडा चौपाया हिजोआज राजधानीलगायत देशैभरका सडकमा देखिनु कुनै नौलो दृष्य होइन । यात्रा गर्नेक्रममा हरेकले सडकमा छाडा चौपाया देख्ने गरेका छन् ।

यस्ता छाडा चौपायाका कारण सडक दुर्घटना निम्तिने त छँदैछ, त्यसमाथि सडकमा बेबारिसे छाडिँदा यिनीहरुमाथिको जोखिम पनि उत्तिकै बढ्ने गरेको छ ।

चौपायाका धनीहरुले लिनुपर्ने आम्दानी लिइसकेपछि रातको समयमा सडकमा ल्याएर यी चौपायहरुलाई छोड्ने गरेको पाइएको छ । जुन प्रवृत्ति झन्–झन् बढ्दोक्रममा रहेको छ ।

यसो त छाडा चौपायाहरुलाई व्यवस्थित गर्न आजाव नउठेको पनि होइन । यद्यपि, समस्या भने ज्यूँका त्यूँ रहेको छ ।

यस्ता समस्या समाधानकै लागि एनिमल नेपालले सम्बन्धित निकायको ध्यानाकर्षण गर्नका लागि सडकमा उत्रनुपर्‍यो ।

पशुपक्षी र चौपायाहरुका कारण दुर्घटना भएमा एक वर्षको कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान छ । यसप्रति कसैको ध्यान गएको देखिन्न ।

सडकमा मनपरी छाडिने चौपायाको व्यवस्थापन सबैको चासो हुनुपर्ने भएकाले आफूहरुको अभियान सफल हुनेमा उनीहरु विश्वस्त रहेका छन् ।

भिडियो हेर्नुहोस्