
विश्वभर चासोको रुपमा हेरिएका ‘सोसियल इकमर्स कम्पनी सगुन’ले बनाएको ‘मोबाइल एप’ एसियाली बजारमा लक्षित गरेर ‘ट्रायल’ संस्करण ‘प्ले स्टोर’मा सार्वजनिक गरेको हो ।
परीक्षणका लागि ‘एन्ड्रोइड’ संस्करणमा मात्र उपलब्ध उक्त ‘एप’को पूर्ण संस्करण आगामी डिसेम्बर महिनाको अन्त्यतिर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
छोटो समयमै चर्चा बटुल्न सफल सगुनले आफ्ना प्रयोगकर्ताहरुलाई एप प्रयोग गर्ने तरिकाबारे भिडियासमेत युट्युवमा सार्वजनिक गरेको छ ।
‘एप’को पूर्ण संस्करण सार्वजनिक भएपछि प्रयोगकर्ताले सामाजिक सन्जालको एउटा छुट्टै मज्जा लिनसक्ने संस्थापक गोबिन्द गिरीले बताए ।
गिरीका अनुसार सगुनको ‘मोबाइल एप’बाट प्रयोगकर्ताले आफ्नो गोप्य सुचना, फोटो तथा स्टीकर आदान–प्रादान, परिवारका सदस्य, साथीभाई तथा आफ्नो समुदायका व्यक्तिहरुलाई शेयर गर्न सक्नेछन् ।
एपमा भएको फरक ‘टुडेज सेक्रेट’ सुविधाले प्रयोगकर्ताले आफ्ना दैनिक गोप्य सुचनाहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । साथै, ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै सुविधा प्रयोगकर्ताले लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्