
मोबाइलमा नचिनेको अनौठा नम्बरबाट आएको फोन नउठाउन र उठाए पनि सचेत हुन टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आग्रह गरेकी हुन् ।
भाइबर, स्काइपबाट अपरिचित नम्बरका फोन आएर चिठ्ठा, उपहार परेकोजस्ता कुरा गरी बैंक अकाउन्ट नम्बर माग्ने र उपभोक्ता ठग्ने गुनासो आएपछि टेलिकमले मेसेज गरी सचेत हुन आग्रह गरिएको प्रवक्ता वैद्यले जानकारी दिइन् ।
विदेशी ‘कलीङ कार्ड’ प्रविधिको प्रयोग, भाइबर, स्काइप र वाट्सएपको प्रयोगबाट उपभोक्ता ठगिएको प्रवक्ता प्रतिभा वैद्यको भनाइ छ ।
टेलिकमले अन्तर्राष्ट्रिय साझेदारहरुसँग समन्वय गरी यस्ता कल नै रोक्ने प्रयास गरिरहेको र उपभोक्तालाई पनि सचेत बन्न आग्रह पनि गरिएको प्रवक्ता बैद्यले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्