१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


तीन साहित्यकार गिरफ्तार, तत्काल रिहा गर्न माग


0
Shares

प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन् ।

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ । रासस