९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काठमाडौंमा सूचना–प्रविधि सम्मेलन


0
Shares

काठमाडौं, पुस १४ । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा सूचना–प्रविधि सम्मेलन आयोजना गरिएको छ ।

सम्मेलनमा सहभागीहरुले प्रविधिको क्षेत्रमा नेपालमा क्षेत्र पछि पर्नु विडम्बना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रविधिको विकासमा युवालाई आकर्षित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

नयाँ प्रविधिको विकास र सम्भावना भएरपनि नेपालमा त्यसको प्रयोग सोचेअनुरुप हुन नसकेको अवस्थामा सम्मेलन उपयोगी हुने विश्वास लिइएको छ ।

सम्मेलनमा चीन, भारत, थाइल्यान्ड, जापानलगायत देशका युवा विद्यार्थीको सहभागिता छ ।

उनीहरुले आफ्नो देशमा भएको प्रविधिको विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत् गर्नेछन् ।