
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी चारओटा क्यामरा भएको यो मोबाइल सार्वजनिक गरिएको हो ।
एउटै स्मार्टफोनमा चारओटा क्यामरा भएको नोभा टुआई नेपालका लागि पहिलो स्मार्टफोन रहेको प्रवक्ता जोएसले बताए ।
हुवावेको नोभा टुआईको फ्रन्टमा १३ मेगापिक्सेलका दुईओटा र रियरमा १६ मेगापिक्सेलका दुईओटा क्यामरा रहेका छन् ।
यसमा हाइ क्वालिटीको ५ दशमलव ९ इन्चको स्क्रिन डिस्प्ले, ४ जीबीको र्याम र ६४ जीबीको रोम रहेको जनाइएको छ ।
यसले छिट्टै नै उपभोक्ताको मन जित्ने कल मोबिलिटी प्रालिका निर्देशक पुलकिट भिमसरियाले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्