७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सन्चार मन्त्रालयद्वारा एनालग केबल टीभी बन्द


0
Shares

सन्चार मन्त्रालयअन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन शाखाले एनालग प्रविधि बन्द गराएको हो । जसका कारण उपत्यकाका अधिकांश उपभोक्ताहरु टीभी हेर्नबाट बन्चित भएका छन् ।

फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपालको टोलीले केबल सन्चालन स्टेसनहरुको अनुगमन गरी एनलग प्रविधिको सिग्नल बन्द गरेको हो ।

केबल टीभी महासंघ र केबल टीभी व्यवसायी महासंघकै अनुरोधमा देशभर सन्चालनमा रहेका एनालग केबल टेलिभिजनलाई डिजिटलमा लैजान लागिएको सन्चार मन्त्रालयको भनाइ छ ।

डिजिटल प्रविधिबाट प्रयोगकर्ताको संख्या थाहा हुने र त्यसबाट राजश्व पनि पारदर्शी हुने सरकारको दाबी रहेको छ ।

सरकारी निकायले सबै केबल अपरेटहरुलाई अनिवार्यरुपमा बुधबारदेखि डिजिटल सेवा प्रदान गर्न बाध्य बनाएको केबल सन्चालकहरुले बताएका छन् ।

डिजिटल टेलिभिजन हेर्न भने ग्राहकले २ देखि ३ हजार रुपैयाँ खर्च गरेर डिजिटल सेट-टप बक्स जडन गर्नुपर्नेछ ।

तत्कालका लागि १५ लाख बक्स आवश्यक पर्ने भएपनि सरकारले ५ लाखमात्र उपलब्ध गराएको केबल सन्चालकहरुको दाबी छ ।

सरकारले अन्तर्राष्ट्रिय मापदन्ड लागू गर्न लागेको तर्क गरेपनि यसको सोझो असर भने सर्वसाधारण उपभोक्तामा पर्ने देखिएको छ ।

उपभोक्ताले एकैपटक सेट-टप बक्स खरिद गर्नुपर्ने हुँदा करोडौं रुपैयाँसमेत खर्च हुनेछ ।