१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अनुदित कृति ‘सङ्स अफ स्वालोज’ सार्वजनिक, हिङ्माङको एकल चित्रकला प्रदर्शनी


0
Shares

सिर्जनात्मक महिला समूहले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कविता संग्रह ‘गौँथलीहरुको गीत’ को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ लोकार्पण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सोही अवसरमा कलाकार अरुणा हिङ्माङको एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन् । कलाकार हिङमाङले साहित्यकार कोइरालाका कविताका शीर्षकअनुसार चित्र बनाएकी छन् ।

हिङ्माङको चित्रहरु पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगतमा फैलाउन सकिने धारणा राखे ।

यस्तै, साहित्यकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’मा समावेश गरेको जानकारी दिए । उनको यो चौथो कृति हो । प्रशासनिक सेवामा २५ वर्ष काम गरेका पूर्वसचिव कोइराला खिलराज रेग्मीको सरकारमा अर्थमन्त्रीसमेत भएका थिए ।