८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘दूरसन्चार पूर्वाधार सेवा’ कम्पनी स्थापना हुने


0
Shares

सरकारले तयार गरेको दूरसन्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसन्चार प्राधिकरणले पहिलोपटक दुई ओटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ ।

हाल दूरसन्चार सेवा प्रदान गर्दै आएका कम्पनीहरुले आफैँले बनाउनुपर्ने अवस्थाको अन्त्य भएपछि त्यसको प्रभावस्वरुप ग्राहकले सस्तो सेवा पाउने विश्वास लिइएको छ । रासस